Faqs
नेपाल टेलिकमले ग्राहकहरुलाई ईन्टरनेट सेवा प्रदान गर्न तयार गरेको फाइबर नेटवर्क (FTTH) बाट गुणस्तरीय टेलिभिजन च्यानलहरु समेत हेर्न सकिने सेवाको नाम NTTV हो।
हाल पहिलो चरणमा काठमाण्डौ उपत्यका भित्रको नेपाल टेलिकमको फाइबर इन्टरनेट (FTTH) नेटवर्क उपलब्ध भएको स्थानहरुमा सेवा उपलब्ध हुन्छ।NTTV सुविधा लिन चाहेको क्षेत्रको नजिकको दूरसञ्चार कार्यालयमा सम्पर्क गरी सेवा उपलब्धताको बारेमा बुझ्न सकिन्छ। उपत्यका बाहिर यो सेवा क्रमश: विस्तार हुनेछ।
NTTV मा एउटै फाइबार तारबाट इन्टरनेट, टेलिभिजन र ल्याण्डलाइन टेलिफोन चलाउन सकिन्छ। डिजिटल IP प्रबिधिमा आधारित सेवा भएकोले ग्राहकहरुले गुणस्तरीय सेवाको अनुभव गर्न सक्नुहुनेछ।
पर्दैन। FTTH इन्टरनेट लिएको लाईनबाटै टेलिभिजन चलाउन सकिन्छ र ग्राहकले चाहेमा सोही लाईनबाट ईन्टरनेट, टेलिभिजन र टेलिफोन तीनवटै सेवा चलाउन सक्नुहुन्छ।
NT Fiber मा हाल Internet + NTTV + Free Telephone; NTTV + Free Telephone; Internet + Free telephone; Internet Only / Telephone Only प्याकेजहरु मात्र उपलब्ध छन् । NTTV मात्रको प्याकेज उपलब्ध छैन ।
घरमा चलाउने टिभीको संख्या अनुसारको प्याकेज लिई एउटा कनेक्सनबाट बढीमा तीन वटा सम्म टेलिभिजन चलाउन सकिन्छ ।
पहिल्यै देखि FTTH मार्फत ईन्टरनेट वा ल्यान्डलाईन सेवा लिईरहेका ग्राहकले जडान शुल्क FTTH Router को शुल्क तिर्नुपर्दैन भने NTTV को लागि आवश्यक पर्ने Set Top Box को शुल्क तिर्नुपर्दछ । यसैगरि NTTV सहितको प्याकेजको लागि लाग्ने शुल्कमा पहिले लिईरहेको ईन्टरनेट प्याकेजको बाँकी रहेको रकम समायोजन गरी नपुग रकम मात्र भुक्तानी गरी नयाँ NTTV सहितको प्याकेज एक्टीभ गर्न सकिन्छ । उदाहरणको लागि पहिले रु. ८००० तिरी 8mbps One Year Internet Package लिएको ग्राहकले ६ महिना पछि एक वर्षको 15mbps Internet + TV + Free Telephone को प्रिमियम प्याकेज लिन चाहेमा नयाँ प्याकेजको मूल्य रु. १५००० मा पहिलेको प्याकेजको बाँकी ६ महिनाको लागि हुन आउने रु. ४००० घटाई जम्मा रु. ११००० तिरेर एक वर्षको लागि नयाँ प्याकेज एक्टीभ गर्न सकिन्छ ।
नजिकको नेपाल टेलिकमको काउन्टरमा गएर वा बजारमा उपब्ध नेपाल टेलिकमको रिचार्ज कार्डबाट वा विभिन्न विद्युतीय माध्यम प्रयोग गरी घरैबाट पनि महशुल भुक्तानी गर्न सकिन्छ ।
